Demat Account सम्बन्धि महत्त्वपूर्ण जानकारिहरु || नयाँ लगानी कर्ताले जान्नै पर्ने कुराहरु।

Demat Account सम्बन्धि महत्त्वपूर्ण जानकारिहरु || नयाँ लगानी कर्ताले जान्नै पर्ने कुराहरु।

Demat Account सम्बन्धि महत्त्वपुर्ण जानकारीहरु ।
A) Demat Account भनेको केहो ?
भौतिक सेयर प्रमाणपत्र तथा अन्य धोतोपत्रलाई बैंकमा विद्युतीय रुपमा जम्मा गर्न प्रयोग हुने खातालाई डिम्याट खाता अथवा हितग्राही खाता भनिन्छ। अर्थात डिम्याट भन्नाले भौतिक रुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (ईलेकट्रोनिकरण) गर्ने प्रकृयालाई बुझिन्छ।

B) Demat Account कसरी खोल्न सकिन्छ ?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुपती पत्र प्राप्त कम्पनी मार्फत खोल्न सकिन्छ। डिम्याट खाता खोलिसके पछि १६ अंकको डिम्याट नम्बर (BOID) प्राप्त हुन्छ जुन प्रत्यक चोटि करोबार गर्दा चाहिन्छ।

C) Demat Account खोल्न के के Document चाहिन्छ ?
डिम्याट खाता खोल्न सम्बन्धित लगानिकर्ताको तीन पुस्ते विवरणसहित नागरिकताको फोटोकपी र फोटो  आवश्यक हुन्छ।

D) Demat Account खोल्न कति सुल्क लाग्छ ?
डिम्याट खाता खोल्न रु.५० र वार्षिकी खाता संचालन शुल्क रु.१०० गरि सुरुमा रु.१५० लाग्दछ भने प्रत्येक बर्ष रु.१०० तिरेर डिम्याट खाता नविकरण गर्नु पर्दछ।

E) एउटा ब्यक्तिले कति वटा सम्म Demat Account सन्चालन गर्न पाउछ ?
एउटै ब्यक्तिले दुईवटा सम्म डिम्याट खाता खोल्न मिल्छ।तर दुईवटा भन्दा बढि खाता भएमा सम्पुर्ण खाताहरु रोक्का हुन्छन

F) कस्तो अवस्थामा IPO Apply गर्दा Reject हुने गर्छ ?
एकै बक्तिले दुईवटा डिम्याट खाताबाट IPO भरेमा दुईवटा नै बदर (Reject) हुन्छ।

0 Comments: